Skip This
दसैँ बिदामा निगमका १३ वटा डिपो खुला रहने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १४ शुक्रबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ बिदामा निगमका १३ वटा डिपो खुला रहने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १६:o३:oo

नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना डिपो खुला रहने जनाएको छ। 

निगमले एक सूचना प्रकाशित गरी दसैँको समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि १३ वटा डिपो खुला राख्ने जनाएको छ।

निगमका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगन्जमा असोज १६, १९ र २१ गते डिपो खुला हुनेछ भने बागमती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन्। 

यस्तै, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन्। 

सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन्। यसैगरी, नेपालगन्ज, धनुषा, वीरगन्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ।

निगमका अनुसार अहिले दैनिक रूपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ।