Skip This
आइएफसीको ग्रिन ट्रेड फाइनान्स ग्लोबल आइएमई बैंकलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १३ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १३ बिहीबार o७:२८:oo
Read Time : > 1 मिनेट
अर्थ

आइएफसीको ग्रिन ट्रेड फाइनान्स ग्लोबल आइएमई बैंकलाई

क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स सुविधा लिने विश्वकै पहिलो बैंक ग्लोबल आइएमई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १३ बिहीबार o७:२८:oo

विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी)अन्तर्गत ग्लोबल आइएमई बैंकमा क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आइएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स लाइन हो । बुधबार आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट जलवायुअनुकूल व्यापार–व्यवसायका लागि बलियो आधार हो । यसले जलवायु परिवर्तनको असरलाई समेत सम्बोधन गर्ने उल्लेख छ । यसले बैंक र यसका ग्राहकको ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायुअनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । उनले ग्लोबल आइएमई बैंकलाई विश्वमै पहिलोपटक जलवायुअनुकूल व्यापार–व्यवसायका लागि लगानी सुविधा प्रदान गरेकोमा आइएफसीलाई धन्यवादसमेत व्यक्त गरे । 

‘यो आइएफसीको जिटिएफपी लाइनले ग्लोबल आइएमई बैंकलाई अझ राम्रो क्षमताका साथ थप अन्तर्राष्ट्रिय बैंकसँग सम्बन्ध विस्तार गर्न सहयोग गर्नेछ र बैंकलाई आफ्ना विभिन्न भौगोलिक क्षेत्रमा रहेका ग्राहकका लागि थप कारोबार गर्न मद्दत गर्नेछ,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने, ‘वास्तवमा, यो हाम्रो रणनीतिक एजेन्डामा फिट हुन्छ, किनकि यसमा जलवायुको विषय समावेश छ ।’

त्यस्तै, नेपालका लागि आइएफसीका आवासीय प्रतिनिधिले भने बाबाकर एस फायले जिटिएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत पुग्ने बताए । उनले भने, ‘यो कार्यक्रमले नेपालको वित्तीय अभावलाई सम्बोधन गर्नुका साथै ऊर्जा मितव्ययी प्रविधि, सञ्चालनको दिगोपन र कार्बन उत्सर्जनलाई कटौती गरेर जलवायु परिवर्तनको असर कम गर्नमा केन्द्रित रहेको छ ।’ ग्लोबल आइएमई बैंक र आइएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आइएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नका लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।