१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o७:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सल्यान जिप दुर्घटना : मृतक आठजनाकै सनाखत (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:४३:oo

सल्यानको कपुरबाेटमा बुधबार बिहान भएको जिप दुर्घटनामा परी आठजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । बाँकेको ढकेरीबाट सल्यानको कपुरबाेट सिनवांगका लागि छुटेको रा.१ज ५६३ नम्बरको डबल क्याप जिप बिहान दुर्घटनामा परेको हो । 

दुर्घटनामा ज्यान गुमाउनेहरूमा जिपचालक कपुरबाेट– ६ जलवांगका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्म वली, ४० वर्षीय टोपबहादुर वली, उनका छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट– ५ रिमका ३५ वर्षीय ललित वली रहेका छन् । शव पोस्टमार्टमका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको छ । घाइते कपुरकोट– ६ जलवांगका ३५ वर्षीय तिलक वलीको तुलसीपुरमा उपचार भइरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्कँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा आठ पुरुष र एक महिला गरी नौजना सवार रहेको प्रहरीले जनाएको छ । जिप अनियन्त्रित भएर सडकबाट एक सय ५० मिटर तल खसेको थियो । 

ad
ad