मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ११ मंगलबार ०८:०५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज ११ मंगलबार ०८:०५:००

सांसदहरूले कार्यकाल सकिएपछि पनि सेवासुविधा नछाड्ने प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?
हाम्रो देशमा यो प्रवृत्तिकै रूपमा रहेको देखिन्छ । कहिलेबाट यस्तो प्रवृत्ति सुरु भयो भन्न सकिँदैन । रोकिन पनि सकेको छैन । जहाँसुकै बढिरहेको छ । झनै समाजमा यसले प्रश्रय पाइरहेको छ । यसले समाजमा नैतिकताको कमी गराएको छ । संविधानको पालना हुन सकेको छैन । खालि कमाऊ राजनीति मात्रै चलिरहेको छ । नियम–कानुन तोड्नु ठूलाबडा भनिने व्यक्तिको प्रवृत्तिजस्तै बन्दै गएको छ ।

यसका जिम्मेवार कारण के हुन् ? व्यक्ति मात्र हो या निकाय पनि जिम्मेवार छन् ?
यसमा व्यक्ति र निकाय दुवै जिम्मेवार छन् । सबैले यस्तो गरिरहेका छन् भन्न सकिँदैन । तर, जसले गरिरहेका छन्, तिनलाई नियन्त्रण गर्ने निकाय छन् । तर, ती निकायले यसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् । त्यसकारणले पनि यस्तो प्रवृत्ति घट्नुको साटो मौलाउँदै गइरहेको देखिन्छ । जिम्मेवार निकायले पनि बलियालाई रोक्न सक्दैनन्, कमजोरलाई मात्रै कस्छन् र प्रचारबाजी मात्रै गरिरहेका छन् ।

 व्यक्तिमा झाँगिएको यस्तो प्रवृत्तिलाई  कसरी नियन्त्रण गर्न सकिन्छ ?
यसमा व्यक्तिको प्रवृत्तिभन्दा पालना गराउने निकायको दोष बढी हुन्छ । यस्ता विषयको नियमन र नियन्त्रणका लागि खडा भएका निकायले नै नियम पालनामा जिम्मेवार बनाएर नियन्त्रण गर्न सक्छन् ।