मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १० सोमबार १७:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा साढे आठ हजार बढी मतदाता थपिए

Read Time : > 1 मिनेट
२०७९ असोज १० सोमबार १७:३९:००

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिराहाका १७ स्थानीय तहमा साढे आठ हजारभन्दा बढी मतदाता थपिएका छन्। प्रमुख जिल्ला निर्वाचन अधिकारी इन्दिरा यादवका अनुसार जिल्लामा दुई तेस्रो लिंगीसहित चार लाख २२ हजार ७१२ मतदाता कायम भएका छन्।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मत खसाल्न योग्य चार लाख १४ हजार १६६ मतदाताबाहेक १ असारदेखि निर्वाचनको घोषणा भएपछि १९ साउनसम्म जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनमा फोटोसहितको मतदाता नामावलीमा आठ हजार ५४६ मतदाता थपिएको उनले बताइन्।

स्थानीय तहको निर्वाचनपछि ३९ दिनको अवधिमा नयाँ थपिनुका साथै नामावली अद्यावधिक गर्ने क्रममा दोहोरिएका तीन हजार छ सय मतदाता घटेकाे जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गणपति यादवले जानकारी दिए। 

२२१ मतदानस्थलमा ५०५ केन्द्र
सूचना अधिकारी यादवका अनुसार चारवटा संघीय निर्वाचन क्षेत्रका २२१ मतदानस्थलमा ५०५ मतदान केन्द्र कायम गरिएको छ। संघीय निर्वाचन क्षेत्र नं. ३ मा सबैभन्दा बढी एक लाख नौ हजार २७१ र सबैभन्दा कम ४ नं. क्षेत्रमा ९९ हजार ७७५ मतदाता रहेका उनले बताए।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा एक लाख छ हजार २०१, प्रदेश सभा १ ‘क’ मा ४९ हजार ५०९ र प्रदेश सभा १ ‘ख’मा ५६ हजार ६९२ मतदाता छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा एक लाख सात हजार ४६५, प्रदेश सभा २ ‘क’मा ५४ हजार ५३१ र २ ‘ख’ मा ५२ हजार ९३४ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै, प्रदश सभा ३ ‘क’मा ५२ हजार ७१४ र ३ ‘ख’मा ५६ हजार ५५७, ४ ‘क’मा ४९ हजार चार सय तथा ४ ‘ख’ मा ५० हजार ३७५ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ।