
रौतहटको बागमती नदीकिनारमा एक पुरुषको शव फेला परेको छ । राजदेवी नगरपालिका– ८, गडहीया घाटस्थित बागमती नदीकिनारमा उक्त शव फेला परेको हो ।
कालो रङको भेस्ट र कालै रङको ट्रयाक लगाएका उक्त पुरुष अन्दाजी ४०–४२ वर्षको रहेको प्रहरीको भनाइ छ । उनको हालसम्म सनाखत हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।