Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
फाइल तस्बिर
प्रेम गौतम काठमाडौं
२०७९ असोज ९ आइतबार ०८:४५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनमा उपत्यकाका १५ सिटमा कसको कहाँ दाबी ?

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडौं
२०७९ असोज ९ आइतबार ०८:४५:००

पाँचदलीय गठबन्धनबीच देशैभर सिट बाँडफाँड ढिला भए पनि उपत्यकाका धेरैजसो सिटमा दलहरू सहमतिनजिक छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा १५ सिटमध्ये नौ सिटमा एकल र अन्यमा कतै दोहोरो त कतै तेहोरो दाबी छ । 

गठबन्धनका एक नेताका अनुसार काठमाडौंका १० सिटमध्ये १, ३, ४, ६ र १० मा कांग्रेसको एकल दाबी छ । यसबाहेक ५ र ९ मा पनि उसको दाबी छ । माओवादीले काठमाडौं २, ७ र ९ मा दाबी गरेको छ । एकीकृत समाजवादीले काठमाडौं ८ र जसपाले काठमाडौं ७ मा दाबी गरेका छन् । यसबाहेक एकीकृृत समाजवादीले २, ५ र ९ मध्ये एक सिटमा पनि दाबी गरेको छ । 

ललितपुरका तीनमध्ये १ र २ मा कांग्रेस र एकीकृत समाजवादी तथा ३ मा माओवादी र एकीकृत समाजवादीको दाबी छ । भक्तपुरका दुई क्षेत्रमध्ये एउटा क्षेत्र टुंगो लागेको छ । भक्तपुर २ मा कांग्रेस र १ मा कांग्रेस र माओवादी दुवैको दाबी छ । भक्तपुर १ नेमकिपा प्रभाव रहेको क्षेत्र हो । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी वाम गठबन्धनबीच तालमेल भएको थियो । कांग्रेस र राप्रपाले पनि चुनावी तालमेल गरेका थिए । अहिले भने समीकरण बदलिएको छ । अहिले एमालेबाट अलग भएको एकीकृत समाजवादी र माओवादी कांग्रेससँगको गठबन्धनमा छन् । एमालेले राप्रपासँग तालमेल प्रक्रिया अगाडि बढाएको छ ।

०७४ को नतिजा
काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह निर्वाचित भएका थिए । सिंह १० हजार नौ सय ३६ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी विकेकशील साझाका रवीन्द्र मिश्रले १० हजार एक सय १८ मत ल्याएका थिए । माओवादीका अनिल शर्माले पाँच हजार तीन सय ३६ मत ल्याएका थिए ।

काठमाडौं २ मा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल निर्वाचित भएका थिए । नेपाल २७ हजार तीन सय ६६ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुइँकेलले १४ हजार नौ सय तीन मत ल्याएका थिए ।

काठमाडौं ३ मा एमालेका कृष्ण राई १९ हजार एक सय ६९ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार आठ सय ८४ मत ल्याएकी थिइन् । काठमाडौं ४ मा कांग्रेसका गगन थापा २१ हजार पाँच सय ५८ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १८ हजार एक सय ४० मत ल्याएका थिए ।

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल २३ हजार २९ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशशरण महतले १३ हजार एक सय ६९ मत ल्याएका थिए ।  काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान १६ हजार सात सय ८५ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी माओवादीका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ४८५ मत ल्याएका थिए । 

काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर १८ हजार एक सय दुई मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम थापाले १० हजार २९ मत ल्याएका थिए । थापालाई कांग्रेसले समर्थन गरेको थियो । काठमाडौं ८ मा काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर १८ हजार एक सय दुई मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम थापाले १० हजार २९ मत ल्याएका थिए । थापालाई कांग्रेसले समर्थन गरेको थियो । काठमाडौं ८ मा एमालेका तत्कालीन नेता जीवनराम श्रेष्ठ १३ हजार तीन सय ९७ मतसहित निर्वाचित भएका थिए । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार नौ सय ५३ मत ल्याएका थिए । जोशीको गत वर्ष निधन भएको छ ।

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ २२ हजार आठ सय ५२ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार आठ सय दुई मत ल्याएका थिए । काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी २४ हजार एक सय ९० मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी हितमान शाक्यले २१ हजार नौ सय सात मत ल्याएका थिए ।

ललितपुर १ मा एमालेका नवराज सिलवाल २६ हजार नौ सय ५१ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उदयशमशेर राणाले २० हजार सात सय २९ मत ल्याएका थिए । ललितपुर २ मा तत्कालीन एमालेका कृष्णलाल महर्जन २७ हजार सात सय १३ मतसहित निर्वाचित भएका थिए । महर्जन हाल एकीकृत समाजवादीमा छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत ल्याएका थिए । ललितपुर ३ मा माओवादीकी पम्फा भुसाल २४ हजार ३६ मतसहित निर्वाचित भएकी थिइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार दुई सय २८ मत ल्याएका थिए ।

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल ३० हजार ७६ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराजा जोशीले १७ हजार आठ सय १८ मत ल्याएका थिए । भक्तपुर २ मा एमालेका महेश बस्नेत ३६ हजार चार सय १२ मतसहित निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याएका थिए ।

सत्तारूढ गठबन्धन प्रदेशमा प्रवेश
प्रतिनिधिसभाका एक सय ६५ मध्ये झन्डै एक सय ३५ सिटमा सहमति जुटाएको दाबी गर्दै सत्तारूढ पाँचदलीय गठबन्धन प्रदेश सभातर्फका सिट बाँडफाँडमा प्रवेश गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको बैठकमा शीर्ष नेताले प्रदेशको काम थाल्न कार्यदललाई निर्देशन दिएका छन् । प्रदेश सभाको छलफलपछि प्रतिनिधिसभाको ३० सिटमा पनि सहमति जुटाउन सहज हुने नेताहरूको विश्वास छ । पेचिलो बनेका क्षेत्र छाड्न दलहरू तयार नभएपछि प्रदेश सभाबाट मिलाउने रणनीति अपनाएका हुन् । विवाद भएका क्षेत्रमा प्रतिनिधिसभा र प्रदेश सभाको समीकरण मिलाएर सहमति खोज्ने नेताहरूको तयारी छ ।

शनिबारको बैठकमा हालसम्मको प्रगति र मिल्न बाँकी सिटबारे छलफल भएको थियो । प्रतिनिधिसभा सिट टुंग्याउन दलहरूले संयुक्त, दुईपक्षीय र त्रिपक्षीय छलफलसमेत गरेका थिए । प्रतिनिधिसभामा ३० सिट मिल्न बाँकी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार ३० बाहेक केही सिटमा दुईपक्षीय र त्रिपक्षीय दाबी रहे पनि मिल्ने अवस्था छ ।

‘नमिलेको ठाउँमा सहमति खोज्दै जाने र आइतबारदेखि प्रदेशका सिटबारे छलफल गर्ने सहमति भएको छ,’ जसपाबाट कार्यदल सदस्य रामसहायप्रसाद यादवले भने । उनका अनुसार प्रदेशको काम थाल्न कार्यदललाई शीर्ष नेताको निर्देशन छ ।