१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Sunday, 06 July, 2025
२o७९ असोज ७ शुक्रबार १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित प्रेस कार्ड बोकेका दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १८:२८:oo

सिराहाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले प्रेस कार्ड झुन्ड्याएर भारतबाट मोटरसाइकलमा आउँदै गरेका दुई युवकलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारततिरबाट स.९प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई सिराहा नगरपालिका– १४ नेमचन चोकमा प्रहरीले शुक्रबार बिहान करिब साढे ९ बजेतिर चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा आर.मा. एक्सप्रेस खबरको कार्ड झुन्ड्याएका उदयपुरको कटारी नगरपालिका– २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका– ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्री रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।