मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Monday, 10 August, 2026
२o७९ असोज ७ शुक्रबार १४:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आधुनिक रेसुंगा सभाहलको शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १४:३o:oo

रेसुंगा सभाहलको शिलान्यास गरिएको छ। शुक्रबार पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सभाहलको उद्घाटन गरेकी हुन्। 

शिलान्यास कार्यक्रममा बोल्दै झाँक्रीले प्रशासनले निर्माण व्यवसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन्। 

उनले ठेक्का हात पारेर काम नगर्दा थुप्रै योजना अलपत्र परेकाले अब निर्माण व्यावसायीविरुद्ध नराम्रो बन्नुपर्ने अवस्था रहेको बताइन्। 

झाँक्रीले शिलान्यास महत्वपूर्ण नभएर निर्माण र उपयोगिता खोज्न आग्रह गरिन्। यो हलले आर्थिक गतिविधिमा प्रभाव पार्नुपर्ने बताउँदै बाहिरबाट कर्मचारी र पर्यटक गुल्मी आउन लालयित बनाउने गरेर काम गर्ने झाँक्रीले प्रतिबद्धता जनाइन्।

सभाहल भ्याट र कन्टेन्जेन्सीसहित २० करोड ४२ लाख ९७ हजार एक सय ९६ रुपैयाँमा निर्माण हुँदै छ। जसका लागि गत १२  जेठमा बोलपत्र आह्वान भएको थियो।

पाँचवटामध्ये तीनवटा फर्म प्राविधिक प्रस्तावमा सफल भएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका आयोजना प्रमुख रमेश थिङले जानकारी दिए।

दुईतले, भूकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भूकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुविधासहितको दुईवटा हलसहितको आधुनिक सभाहल हुनेछ। एकातिर एक सय आठजनाको बहुउद्देश्यीय र चार सय ३२ जनाको क्षमतासहितको मुख्य हल अर्कोतर्फ निर्माण हुने थिङले बताए।

निर्माण व्यवसायीले सम्झौता गरेको दुई वर्षमा सभाहल निर्माण हुने आयोजना कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ। 

रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले जनताको जीवनमा समृद्धि ल्याउन हलले महत्वपूर्ण सहयोग गर्ने भएकाले छिटो काम गर्न सबैको दबाब आवश्यक रहेको बताए।