Skip This
१० दिनमै फेरिए सप्तरीका सिडिओ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ६ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० दिनमै फेरिए सप्तरीका सिडिओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १९:५२:oo

गृह मन्त्रालयले सप्तरीका सिडिओ नूरहरि खतिवडालाई १० दिनमै हटाएको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ। 

सप्तरीको सिडिओमा गृहले सहसचिव भूपेन्द्र थापालाई खटाएको छ। थापाले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन्। 

बिना कुनै कारण सिडिओको १० दिनमै सरुवा गरिएपछि कर्मचारीले अनौठो मानेका छन्।

सिडिओ रहेका खतिवडाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यत्र सरुवा गरेपछि त्यहाँ नयाँ सहसचिवलाई खटाइएको गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले बताए। 

यस्तै, अछाम जिल्लाका सिडिओ पनि फेरिएका छन्। अछाममा उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।