
अनुहारको सफाइ
सेभिङ गर्नुभन्दा पहिला अनुहारलाई राम्रोसँग पानीले सफा गर्नुपर्छ । त्यसपछि नरम टावेललाई अनुहारमा केही बेरसम्म अँठ्याएर राख्नुस् । जसले तपाईंको अनुहारलाई मुलायम गराउँछ । यसो गर्दा अनुहारको रौँका जरा पनि खुल्छन् । जसले तपाईंको सेभिङलाई आरामदायी बनाउन सहयोग पुर्याउँछ ।
आयल मसाज
त्यसपछि पनि सीधै सेभिङ गर्नुको साटो सेभिङ तेल (आयल)को प्रयोग गर्न सक्नुहुन्छ । यस्तो आयलले अनुहारमा राम्रोसँग मसाज गर्नुपर्छ । जसले अनुहारलाई नरम बनाउने गर्छ । यसले पनि तपाईंलाई सेभिङ गर्दा आराम मिल्छ । यसपछि रेजरले आरामसँग सेभिङ गर्न सकिन्छ । यसो गर्दा पिम्पल्सयुक्त अनुहारमा पनि सेभिङ गर्न कुनै पनि कठिनाइ उत्पन्न हुँदैन ।
अल्कोहल फ्री क्रिम
यदि तपाईंको अनुहारमा पिम्पल्स या अन्य खटिरा छन् भने सेभिङ क्रिममा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ । यसका लागि अल्कोहल फ्री सेभिङ क्रिमकै
छनोट गर्नुपर्छ ।
रेजर
यदि तपाईंको छाला बढी संवेदनशील छ भने सिंगल ब्लेड भएको रेजर प्रयोग गर्नुपर्छ । मल्टिपल ब्लेड भएको रेजरका कारण अनुहारमा भएको पिम्पल्स काटिने र फुट्ने सम्भावना बढी हुन्छ । सेभिङ गर्नुभन्दा पहिला र पछि एन्टिब्याक्टेरियल लोसनको सहयोगले सफा गर्न सकिन्छ ।