मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी नाइजर
२०७९ असोज ५ बुधबार २३:१७:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

११ किसानको सामूहिक हत्या

Read Time : > 1 मिनेट
एजेन्सी, नाइजर
२०७९ असोज ५ बुधबार २३:१७:००

नाइजरको दक्षिणपूर्वी क्षेत्रमा बोको हरामका संदिग्ध जिहादी लडाकुहरूले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । स्थानीय अधिकारीले बुधबार बताएअनुसार टौम्मौरबाट सात किलोमिटर टाढा बोको हरामनिकट लडाकुले गोली हानेर ११ जना किसानको हत्या गरेका हुन् ।

आक्रमणस्थलनजिकै रहेको सहरका मेयर इसा बोंगाले एएफपीलाई यो सहर लेक चाडको तल्लो क्षेत्रनजिकै डिफामा अवस्थित रहेको जानकारी दिए । यो क्यामरुन, चाड, नाइजर र नाइजेरिया गरी चार देशको सीमा एकाकार हुने क्षेत्र हो । 

बोकोहराम र यसको प्रतिद्वन्द्वी ‘इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स’ ले लेक चाड क्षेत्रका धेरै साना टापुहरूमा आफ्नो अखडा स्थापना गरेका छन् । हत्या गरिएका सबै ११ किसान जंगलमा दाउरा काट्न गएका थिए । 

‘दाउरा खोज्न गएका अन्य १३ किसानलाई जिहादी समूहले बन्धक बनाएर राखेका छ भने ११ जनाको हत्या गरिएको छ,’ दक्षिणपूर्वी नाइजरको सुरक्षा समस्याबारे नजिकबाट रिपोर्टिङ गर्ने जेउनेस डिफा (डिफा युथ) नामक स्थानीय समूहले फेसबुकमा उल्लेख गरेको छ ।

‘यसबाहेक, आतंककारीहरूले रिहा गरिएका दाउरा संकलन गर्न गएका किसानमध्ये एकजनामार्फत एक सन्देश पठाई स्थानीय बासिन्दालाई उनीहरूले काम गर्ने क्षेत्रमा अब बारम्बार नजान चेतावनी दिएका थिए,’ समूहको पोस्टमा भनिएको छ ।

चाड ताल छोड्ने आदेशको अवज्ञा गरेको भन्दै जिहादीहरूले यस महिनाको सुरुमा नाइजर र नाइजेरियाका कैयौँ मछुवाको हत्या गरेका थिए । एक स्थानीय अधिकारीका अनुसार अगस्टको अन्त्यमा उनीहरूले स्थानीयलाई टापु छोड्न आदेश दिएका थिए र पालना नगर्ने केही मानिसको हत्या गरेका थिए ।

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकको मापदण्डका आधारमा विश्वको सबैभन्दा गरिब देश नाइजरमा सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोहको चपेटामा परेको छ । 

नाइजेरियासँगको दक्षिणपूर्वी सीमामा पनि नाइजरले विद्रोहको सामना गरिरहेको छ । यो कुख्यात बोकोहरामले सुरु गरेको अभियान हो । नाइजर, नाइजेरिया, क्यामरुन र चाडले सन् २०१५ मा बहुराष्ट्रिय संयुक्त कार्यदल (एमजेटीएफ) लाई पुनर्जीवित गरेका थिए ।