Skip This
सेयर बजारमा ३९ अंककाे पहिराे, सबै समूह राताम्मे
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Wednesday, 12 August, 2026
२o७९ असोज ४ मंगलबार १६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा ३९ अंककाे पहिराे, सबै समूह राताम्मे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १६:२९:oo

साताकाे काराेबारकाे तेस्राे दिन मंलगबार सेयर बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा झरेको छ। 

यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक पनि सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ। 

कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता सेयर रु एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएकाे छ।  

कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो।

रिडी हाइड्रो पावर रु पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक रु चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर रु तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्। 

स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन्। 

यस्तै कालिका पावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ। 

बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन्।