Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ४ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक प्राकृतिक चिकित्सालयका डा. पौडेललाई राष्ट्रको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ४ मंगलबार १५:३५:००

पूर्वीनवलपरासीको देवचुली नगरपालिकास्थित रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेललाई सरकारले ‘प्रबल जनसेवा श्री पदक’बाट सम्मानित गर्ने भएको छ । 

प्राकृतिक चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले पौडेललाई सो पदक दिने घोषणा गरेको हो । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो घोषणा गरिन् । राष्ट्रपति कार्यालयमा केही सातापछि आयोजित कार्यक्रममा पदक वितरण गरिनेछ ।

कोभिड– १९ को महामारीमा प्राकृतिक विधिबाट उपचार, अन्य रोगहरूको सफल उपचार तथा जीवनशैलीसम्बन्धी प्रशिक्षणमा पौडेलको विशेष योगदान छ । पौडेल लामो समयदेखि सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको निर्देशक छन् । 

डा. पौडेलले नेपालसहित संसारका विभिन्न देशमा आयोजित कार्यक्रममार्फत दसौँ हजारलाई सरल, स्वस्थ र सफल जीवनशैलीसम्बन्धी प्रशिक्षण दिइसकेका छन् । उनी कार्यरत सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा पद्धतिबाट ५० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको छ ।