१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २२ शनिबार २१:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:१९:oo

विज्ञापन बोर्डको सदस्यमा सुनसरीका पवन अधिकारी नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई बोर्डको सदस्यमा नियुक्त गरिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाले आइतबार अधिकारीलाई सदस्यमा नियुक्त गरिएको जानकारी दिए । थापाका अनुसार मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, सहसचिव उत्तरकुमार खत्रीलगायतले पत्र प्रदान गरेका थिए । 

भदौ ३१ गतेको मन्त्रीस्तरीय निर्णयले चार वर्षका लागि विज्ञापन ऐन, २०७६ को दफा १४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम अधिकारीलाई सदस्यमा नियुक्त गरिएको हो ।

अधिकारी हाल नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष, नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष छन् । झन्डै दुई दशक लामो पत्रकारिताको अनुभव बटुलेका उनी एक दशकयता विज्ञापन क्षेत्रमा समेत काम गर्दै आएका छन् ।
 

ad
ad