Skip This
सम्झनामा एलिजाबेथ : एक बेदाग र दयालु महारानी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २५ शनिबार १o:२o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सम्झनामा एलिजाबेथ : एक बेदाग र दयालु महारानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार १o:२o:oo

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन्, उनी ७० वर्षे शासनकाल शानदार ढंगले बिताएर बिदा भएकी छिन्

सन् १९५२ बाट सुरु भएको बेलायती महारानी एलिजाबेथको शासनकाल २०औँ मध्यपछि २१औँ शताब्दीका पनि थुप्रै ठूला परिवर्तनको साक्ष्य बनेर सन् २०२२ को सेप्टेम्बर ८ मा आएर टुंगिएको छ । गत वर्षको अक्टोबरदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेको थियो । त्यसपछि उनले हिँड्डुल गर्न छाडेकी थिइन् । 

फेब्रुअरी १९५२ मा पिताको देहान्त भएपछि एलिजाबेथले २५ वर्षको उमेरमा सात स्वतन्त्र राष्ट्रमण्डल बेलायत, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र सिलोन (अहिलेको श्रीलंका)को महारानी र राष्ट्रमण्डल प्रमुखका रूपमा श्रीपेच पहिरेकी थिइन् । उनले संवैधानिक राजतन्त्रअन्तर्गतको महारानीका रूपमा उत्तरी आयरल्यान्डको समस्या, अफ्रिकाको औपनिवेशीकरण, युरोपियन संघमा प्रवेश र फिर्तीलगायत थुप्रै आन्तरिक राजनीतिक उथलपुथलको साक्षात्कार गरेकी थिइन् । उनले सन् १९८६ मा चीनको, सन् १९९४ मा रसियाको र सन् २०११ मा गणतन्त्र आयरल्यान्डको ऐतिहासिक भ्रमण गरेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयले आफ्नो शासनकालमा अमेरिकाका आइजनहावरदेखिका १३ पदासीन राष्ट्रपतिसँग राजकीय भेट गरेकी थिइन् । 

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न विश्वका आधाभन्दा धेरै मुलुकले आफ्नो झन्डा झुकाएका छन् । उनी एक सानदार महारानी थिइन् । उनको छविले बेलायतलाई लोकतन्त्रको आमा बनिरहन सधैँ सघाइरह्यो । विश्वका सबैजसो राष्ट्रप्रमुख र हस्तीले सधैँ उनलाई सम्मान गरिरहे । विश्वका नेताले उनलाई एक दयालु र विवेकी महारानीका रूपमा सम्झिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति ओबामाले महारानी एलिजाबेथको दयादृष्टि, लालित्य र अथक कार्यनीतिद्वारा परिभाषित शासनले ‘विश्वलाई मोहित’ पारेको भनेर प्रशंसा गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । बेलायतका मात्रै होइन, विश्वका अधिकांश सञ्चारमाध्यमले उनको देहावसानको समाचारलाई उच्च आदर र महत्वका साथ प्रकाशित गरेका छन् ।

सिंहासनमा लामो समय रहने दोस्रो व्यक्ति 
विश्व राजशाहीको इतिहासमा महारानी एलिजाबेथ फ्रान्सका राजा लुइस चौधौँपछि सबैभन्दा लामो समय सिंहासनमा रहने व्यक्ति हुन् । बेलायतको राजशाहीमा एलिजाबेथको शासनअवधि सबैभन्दा लामो रह्यो । गत जुन महिनाबाट उनी थाइल्यान्डका दिवंगत राजा भुमिबोल अदुल्यादेजको शासन अवधिलाई उछिनेर दोस्रो लामो समय सिंहासनमा बस्ने रानी बनेकी थिइन् । थाइल्यान्डका राजा भुमिबोल अदुल्यदेजले ७० वर्ष एक सय २६ दिन राज गरेका थिए । सबैभन्दा लामो समय राज गर्ने फ्रान्सका राजा लुइस चौधौँले ७२ वर्ष एक सय १० दिन राज गरेको इतिहास छ ।

अब विश्वमा एक मात्र महिला राजा 
महारानी एलिजबेथको देहान्तपश्चात् अब विश्वमा एक मात्र महिला राजशाही बाँकी रह्यो । डेनमार्कको सिंहासनमा पनि महारानी मार्गरेथ द्वितीय राजाका रूपमा छिन् । महिला राजाका रूपमा महारानी एलिजाबेथले जुन उच्च छवि निर्माण गरेकी थिइन्, त्यतिको उचाइ आधुनिक युगमा कुनै पनि राजशाहीले निर्माण गर्न कठिन छ । अझ महिला राजाका रूपमा उनको छवि सधैँ स्मरणीय रहनेछ । युरोपका राजशाहीबीच नाता–सम्बन्ध पनि रहेको छ । नेदरल्यान्डका राजा विलियम–एलेक्ज्यान्डर पनि एलिजाबेथका नातेदार हुन् भने स्विडेनका राजा कार्ल चौधौँ गुस्ताफ पनि उनका टाढाका नातेदार हुन् ।