१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ १ मंगलबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री पोखरेलको ‘गन्तव्य समाजवाद’ पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:o७:oo

पूर्वसंस्कृति, पयर्टन तथा नागरिक उड्ड्यनमन्त्री आनन्दप्रसाद पोखरेलको पुस्तक ‘गन्तव्य समाजवाद’ शुक्रबार सार्वजनिक भएको छ। ललितपुरको च्यासलमा अवस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राजनीतिज्ञ तथा पूर्वकानुनमन्त्री नीलाम्बर आचार्यले पोखरेलको पुस्तक लोर्कापण गरे। 

जनविचार पब्लिकेसन एन्ड रिसर्च परिवारले प्रकाशन गरेको तीन सय ८४ पृष्ठको पुस्तकमा मूलधारका पत्रपत्रिकासहित विभिन्न छापामाध्यममा प्रकाशित पोखरेलका लेखहरू संग्रहित छन्। कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले निर्वाचन घोषणा भइसकेको परिस्थितिमा संसद्को कार्यकाल लम्ब्याउन खोज्नु लोकतान्त्रिक र संसदीय मूल्य–मान्यताविपरीत भएको बताए।

निर्वाचन घोषणापछि सरकार काम चलाउको हैसियतमा पुगिसकेको र निर्वाचन आचारसंहितासमेत आकर्षित भइसकेको अवस्थामा धमाधम विधेयकहरू अगाडि बढाएर पारित गर्ने काम पनि गैरसंवैधानिक र गैरकानुनी भएको आचार्यले जिकिर गरे। नागरिकता विधेयक, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयकजस्ता ऐनहरू अहिलेको सरकारले संसदबाट पारित गराउनै नमिल्ने उनको भनाइ थियो। मुलुक ताजा जनादेशमा गइसकेको अवस्थामा निर्वाचित पुरानो संरचनाको औचित्य स्वत: समाप्त हुने उनले प्रस्ट्याए। 

ad
ad