१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३१ सोमबार १८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विदेशीहरुको योजनामा प्रधानमन्त्री बनाइने राजेन्द्र लिङदेनको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२४:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको योजनामा बनाइने गरेको बताएका छन्। शुक्रबार विश्व ओमकार एकता महाअभियानको आयोजनामा काठमाडौंमा भएको ओमकार एकता राष्ट्रिय धर्म सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालको प्रधानमन्त्री विदेशीहरुको चासो र योजनामा बनाइने गरेको बताएका हुन्। 

उनले नेपालको विषयमा निर्णय गर्ने कुरा विदेशीहरुको हातमा रहेको बताए। उनले मन्त्रीहरु बनाउने र आगामी निर्वाचनमा कुन पार्टीलाई जिताउने भन्ने कुरामा पनि विदेशीहरुको चासोको विषय हुने गरेको जिकिर गरे। 

‘जसले हाम्रो सांस्कृतिक पहिचानहरुमाथि आक्रमण गर्न अथवा हामीलाई विभाजित हुन सिकायो, जसले हिन्दुराष्ट्र समाप्त गर्न हामीलाई नै प्रयोग ग¥यो तिनीहरुको अभिष्ट अहिले पनि पूरा भएको छैन । यतिले उनीहरुलाई पुगेको छैन । आज तपाईहरुले याद गर्नुभएको छ कि छैन आज नेपालको निर्णायकत्व हाम्रो हातबाट फुस्कीएर गएको छ’, उनले भने,‘आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ, मन्त्री को हुनुपर्छ, आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ र को प्रधानमन्त्री हुनुपर्छ विदेशीहरुको चासो र योजनाको विषय बन्न थालेको छ । त्यसकारण यो धर्मको कुरो मात्रै होइन हाम्रो पहिचान, एकता, हाम्रो अस्तित्व र हाम्रो सार्वभौमिकताको प्रश्न हो हिन्दु राष्ट्र भन्ने कुरा ।’
 

ad
ad