Skip This
हिमाका सबै वडा बालविवाहमुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
२o८२ बैशाख ३१ बुधबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाका सबै वडा बालविवाहमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १४:२२:oo

हिमा गाउँपालिकाका सबै वडा बालविवाहमुक्त भएका छन् । १–७ वडा बालविवाहमुक्त भएका हुन्। सदियौँदेखि सामाजिक विकृतिका रूपमा रहेको बालविवाहमुक्त गरिएको हो । उक्त तयारीस्वरूप विवाह न्यूनीकरणका क्षेत्रमा हिमाले थुप्रै उपलब्धि हासिल गरिसकेको छ। फलस्वरूप हिमाका सातवटै वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् ।

वैशाख २९ गते हिमा गाउँपालिका– ६ बालविवाह मुक्त घोषणा भएसँगै हिमाका सबै वडा बालविवाह मुक्त भएका छन्। हिमाका सातवटा वडामध्ये ६ वटा वडा यसअघि नै बालविवाहमुक्त भइसकेका थिए । सातै वडा र वडाभित्र पर्ने सबै बस्ती बालविवाहमुक्त भइसकेकाले समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त पालिका घोषणा गर्न हिमालाई मद्दत पुगेको छ। 

जुम्लाका १४ वडा बालविवाहमुक्त घोषणा
यहाँका आठ स्थानीय तहका ६० वटा वडामध्ये १४ वडा बालविवाहमुक्त घोषणा भएका हुन् । हिमाका सात वडामध्ये १, २, ३, ५, ६ र ७ नम्बर वडा बालविवाहमुक्त भएका छन् । बालविवाहमुक्त वडा घोषणा हुनेमा कनकासुन्दरी गाउँपालिका– ४ र ५, पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका– ४, सिँजा गाउँपालिका– २, ४ र ६, रहेको छ। यहाँका स्थानीय तहसँग समन्वय र सहकार्यमा प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वाेदय नेपाल, किर्डाक, आइएनएफ, सुस्वालगायतका संघसंस्था बालविवाहजस्ता सामाजिक न्यायका विषयमा काम गर्दै आएका छन्।

उमेरले २० वर्ष नपुगी बालविवाह गर्ने–गराउनेलाई तीनदेखि पाँच वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना भराउने कानुनी प्रावधान रहेको छ ।