१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल समाजवादी पार्टी चितवनको अध्यक्षमा सुरेश ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४४:oo

जसपाबाट अलग भएका नेता बाबुराम भट्टराईको अगुवाइमा गठन भएको नेपाल समाजवादी पार्टी चितवनको अध्यक्षमा सुरेश ढकाल चयन भएका छन् । नेपाल समाजवादी पार्टी चितवन जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य पदम गुरुङको अध्यक्षतामा सम्पन्न जिल्ला पुनर्गठन भेलाले नाै सदस्यीय पदाधिकारीसहित ९९ जनाको समिति हुने गरी जिल्ला समन्वय समिति गठन गरेको हो । 

जसको उपाध्यक्षमा तुलाराम गुरुङ र विनोद शर्मा छन् । सचिवमा राजेश्वर रेग्मी, सहसचिवमा गौरी गुरुङ, लेखनाथ भुसाल, खिमानन्द कँडेल र कोषाध्यक्षमा माया पोख्रेल चयन भएका छन् ।

थप एक उपाध्यक्षसहित सदस्यहरू भने अहिले चयन भएको पदाधिकारीको पहिलो बैठकले चयन गर्ने सहसचिव लेखनाथ भुसालले बताए । जसपाबाट अलग भएका डा. भट्टराईले आफ्नै नेतृत्वमा पार्टी बनाएपछि अहिले देशभरि उनले पार्टी पुनर्गठन अभियान चलाएका छन् । 
 

ad
ad