१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुर १ बाट प्रचण्डको नाम सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:oo:oo

माओवादी केन्द्र नवलपुरको देवचुलीमा आइतबार बसेको जिल्ला समन्वय समितिको बैठकले संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवार गरी ४४ जनाको नाम सिफारिस गरेको छ। जिल्लामा भएको दुईवटा संघ र चारवटा प्रदेशको क्षेत्रमा पाँच–पाँचजनाको नाम माग गरेको थियो। त्यसैअनुसार प्रत्यक्षमा मात्रै ३० जनाको नाम सिफारिस भएको छ।

नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धनप्रसाद सापकोटाले बताए। नवलपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा प्रचण्डसहित पाँचजनालाई उम्मेदवार सिफारिस गरिएको छ। जसमा अध्यक्ष प्रचण्ड, ठाकुर चापागाईं, इन्द्र भुसाल, षडानन्द सापकोटा र पार्वती  आचार्य रहेका छन्।

यसैगरी, नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’को प्रत्यक्ष उम्मेदवारमा धनप्रसाद सापकोटा, मित्रशरण शर्मा, सूर्य न्यौपाने, बलराम चालिसे र अम्बिका सापकोटाको नाम सिफारिस भएको छ। प्रदेश ‘ख’मा लोकप्रसाद भुर्तेल (भीषण), पूर्णकला भुसाल (प्रतिमा), हुकुम सुवेदी, प्रेमा खनाल र दुर्गा भुसाललाई सिफारिस गरिएको सापकोटाले जानकारी दिए।

नवलपुर २ को प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा माओवादी केन्द्रले पोलिटब्युरो सदस्यसमेत रहेका किशन शर्मा (बालकृष्ण गैरे), डासीराम बस्याल (माइकल), प्रेम बस्नेत, सरला खनाल र दुर्गा रसाइलीलाई सिफारिस गरेको छ।

२ को प्रदेश सभामा (क)मा प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पोख्रेल, चन्द्रबहादुर थापा (समर), रामराज पण्डित, सौगमकुमार श्रीपाली (सोम) र हेमकुमारी सुनारलाई सिफारिस गरेको छ। यसैगरी २ को प्रदेश सभा (ख)मा प्रत्यक्ष उम्मेदवारमा ताराप्रसाद भुसाल (गगन), कृष्णप्रसाद पाण्डे, हरि पाण्डे, खुमकान्त अधिकारी (अनन्त) र रुकमाया पुनमगरलाई सिफारिस गरेको छ।

समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, कृष्णप्रसाद पराजुली, सुष्मा खनाल, कृष्णप्रसाद भट्टराई, पूर्णा थापामगर, धर्म केसी, नेत्र सुनार, टीकाराम घर्ती, टंक पुलामी, दमयन्ती रुचाल, ईश्वरी महतो, देवी अधिकारी (थापा), लक्ष्मी खाण र रमिला भुजेललाई सिफारिस गरिएको अध्यक्ष सापकोटाले जनाएका छन्। कसलाई कहाँ सिफरिस गरिएको भन्ने छुट्याइएको छैन।

बैठकमा जिल्ला समन्वयमा परेका कावासोती र देवचुलीका अधिकांश नगर पदाधिकारी उपस्थित थिएनन्। यसअघि प्रदेश समितिले प्रदेश सदस्य र पालिका इन्चार्ज बनाएर पठाउँदा मनोमानी गरेको, गोजीको मान्छे पठाएको भन्दै कावासोती र देवचुलीका बहुमत नगर पदाधिकारीले राजीनामा बुझाएका थिए। राजीनामाको विषयमा केही पनि छलफल नगरी बोलाइएको बैठकलाई बहिष्कार गरिएको देवचुली नगर अध्यक्ष सत्यनारायण भुसालले बताए।

प्रदेश समिति सदस्यमा नाम पठाउनुपूर्व जिल्ला समन्वयमा छलफल नभएको, पालिकाले पठाएको सिफारिसलाई बेवास्ता गरेको, सिफारिसमै नपरेका मान्छेको नाम प्रदेश सदस्यमा राखेको, स्थानीय चुनावमा पार्टीलाई असहयोग गर्नेहरूलाई नै पुरस्कृत गरेको आरोप उनीहरूको छ। देवचुलीमा अध्यक्ष, एक उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत थुप्रै सदस्यहरूले राजीनामा दिएका छन्, त्यस्तै कावासोतीमा पनि तीन उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतले राजीनामा दिएका छन्।

कावासोतीका अध्यक्षको भने प्रदेशको बैठकअघि नै राजीनामा आएको थियो। माओवादी केन्द्रको जिल्ला समन्वयमा प्रत्येक नगरबाट निर्वाचित पदाधिकारीहरू पाँच–पाँचजना पदेन सदस्य रहने व्यवस्था छ।

ad
ad