Skip This
सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ : नेता पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १९ आइतबार १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १९ आइतबार १६:२६:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुशासन दिन नसके नेपाल पनि श्रीलंकासरह हुने दाबी गरेका छन्। आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशमा राजनीतिक स्थिरता नभएको बताए।

देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने विषयमा स्थायी सरकारको विशेष भूमिका रहने उनको भनाइ छ। उनले व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै संविधान कार्यान्वयनको विकल्प नभएको बताए।

‘व्यवस्थालाई पटकपटक बदलेर प्रयोगको थलो नेपाललाई बनाउन सकिन्न। यसलाई पहिला स्थिरता दिनुपर्छ। यो संविधानलाई कार्यान्वयनमा ल्याउनुपर्छ। कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हितको सुरक्षा हुने गरेर ल्याउनुपर्छ। सुशासन दिन देशमा हामी सक्षम भएनौँ भने हामीले श्रीलंकाको हालत भर्खर देखेका छौँ। पपुलिस्ट कुराले मात्रै देश चल्न सक्दैन। देश चलाउन धेरै सुझबुझको आवश्यक पर्छ,’ नेता पौडेलले भने।