मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १६ बिहीबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा डेंगुसँगै हैजा फैलिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १६ बिहीबार १७:४९:००

डेंगु संक्रमितले अस्पताल भरिन थालेका छन्। दिनहुँ डेंगुका बिरामीको संख्या बढिरहेको छ। यही वेला राजधानीमा हैजाको संक्रमण पनि फैलिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकाका काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा हैजा संक्रमण बढेको छ। महाशाखाले ती पालिकालाई ‘रेड जोन’मा राखेको छ। 

महाशाखाका अनुसार पछिल्लो समय काठमाडौं महानगरभित्र ४०, कागेश्वरी मनोहरा नगरपालिकाभित्र नौ र ललितपुर महानगरभित्र आठजनामा हैजा संक्रमण पाइएको छ। 

हैजा संक्रमण काठमाडौं उपत्यकाबाहिर पनि फैलिएको देखिएको छ। नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा पनि हैजाका संक्रमित पाइएको महाशाखाले जनाएको छ।