१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १४ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १४ मंगलबार ११:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसबाट पैसा पठाउँदा सुनचाँदी जित्ने अवसर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १४ मंगलबार ११:२३:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०७९ सालको दसैँ, तिहार र छठ पर्वलाई लक्षित ‘विदेशबाट सिटी आयो, दसैँ–तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ। आफ्ना ग्राहकवर्गसँग पर्वको खुसी साट्न सिटी एक्सप्रेसले ल्याएको यो योजना लगातार ६३ दिनसम्म चल्नेछ।

योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना एकजनालाई एक तोला सुन, हरेक हप्ता एकजनालाई १० तोला चाँदीका साथै ६३ दिन लगातार हरेक दिन १६ विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक भाग्यशाली बम्पर विजेतालाई पाँच तोला सुन उपहार प्रदान गरिनेछ।

यो अफर भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने कम्पनीले जनाएको छ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश तथा विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही योजनामा सहभागी हुनेछन्। विजेता छनाेट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र सिटी एक्सप्रेसमा कार्यरत कर्मचारीको हकमा भने योजना लागू नहुने कम्पनीले जनाएको छ।

रेमिट्यान्स क्षेत्रमा पछिल्लो १६ वर्षदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएको सिटी एक्सप्रेसले आन्तरिक विप्रेषणअन्तर्गत देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।