
वयस्क मानिसको स्वास्थ्यका लागि पर्याप्त र राम्रो निद्रा आवश्यक हुन्छ । मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ । तर, पछिल्लो समय मानिसमा निद्रा नलाग्ने समस्या बढेको छ । राति निदाउन कठिनाइ हुने, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ । अनिद्रालाई रोग नै भन्न मिल्दैन । यद्यपि, मनोरोगका केही लक्षण गडबड भएर निद्रा बिग्रने हुन्छ ।
राति निदाउन कठिनाइ हुने, निदाइसकेपछि बीच–बीचमा निद्रा टुट्ने र बिहान धेरै चाँडै निद्रा खुल्ने र फेरि निदाउन गाह्रो हुने अवस्थामध्ये एक वा बढी अवस्थालाई अनिद्रा भनिन्छ
निद्रा नै लाग्दैन, सुरुमा आउँदैआउँदैन, बेडमा गयो आँखा ट्वाल्ल हुन्छ । डिप्रेसनका बिरामीमा प्रायजसो सुरुमा अलिअलि निद्रा आउँछ । अनि निदाउनुहुन्छ । तर, बिउँझेपछि फेरि निदाउन गाह्रो हुन्छ । धेरै सोच आउनु, थकान हुनु निद्रा बिग्रने मुख्य कारण हुन् ।
के कारणले हुन्छ ?
अनिद्राबाट कसरी बच्ने ?