मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ११ शनिबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ ११ शनिबार १९:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मोक्षदा स्कुलले मनायो मोती जयन्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ ११ शनिबार १९:२७:oo

कुमारीगालस्थित मोक्षदा स्कुलले १५७औँ मोती जयन्तीको अवसरमा अन्तरस्कुल गजलवाचन प्रतियोगिता आयोजना गरेर मोती जयन्ती मनाएको छ। काठमाडौं र ललितपुरका गरी कुल १९ स्कुलको सहभागिता रहेको प्रतियोगितामा एम्बेसडर एकेडेमीकी परिधि परियार प्रथम भएकी थिइन् भने नेपाल वेद विद्याश्रम सं.माविका उत्सव ढुंगाना द्वितीय भएका छन्।

त्यसैगरी, निमोनिक मोर्डन एकेडेमीकी रश्मि तामाङ र ब्राइट फ्युचर माध्यमिक विद्यालयकी प्रेरणा भट्ट क्रमशः तृतीय र चतुर्थ स्थान प्राप्त गर्न सफल भए। विजयी तथा सहभागी प्रतियोगीलाई कोशकार प्रा. नीलमणि ढुंगानाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा बोल्दै ढुंगानाले मोतीराम भट्टले कम समय बाँचेर पनि नेपाली भाषा साहित्यलाई आलोकित तुल्याएको बताए।

उनले भने, ‘नेपाली साहित्यलाई आलोकित तुल्याउने मोतीरामको सम्झनामा कार्यक्रम आयोजना गरेर बालबालिकालाई आफ्नो क्षमता प्रदर्शित गर्ने अवसर दिनु सराहनीय कार्य हो ।’

सो अवसरमा अनाम मण्डलीका अध्यक्ष रूपक अलंकार, केशव भट्टराई, शैलेन्द्र अधिकारी, योगेन्द्र पौडेललगायत गजलकारले गजलवाचन गरेका थिए। रामरञ्जन पौडेलले कवितावाचन गरेका थिए भने ध्रुव पौडेल, लेखनाथ दाहाललगायत वक्ताले मोती जयन्ती र मोतीरामको महत्वमाथि चर्चा गरेका थिए।