
जिल्लाको दुुई नगरपालिका र ६वटा गाउँपालिका गरी ८ वटा स्थानीय तहमा स्थानीय तहको निर्वाचनपछि ४ हजार ४ सय ४२ जना मतदाता थपिएका छन्।
स्थानीय तहको निर्वाचनमा कुल १ लाख ७८ हजार ८ सय ६७ जना मतदाता रहेको थियो। स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकलन गरेसँगै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुल १ लाख ८३ हजार ३ सय ९ जना मतदाताले मतदान प्रक्रियामा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय रामेछापका जिल्ला निर्वाचन अधिकारी मधुुकर कुमार शाहले जानकारी दिए।