१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया क्यापिटलको ५५ प्रतिशत नगद लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१३:oo

एनआइसी एसिया क्यापिटल लिमिटेडले प्रस्ताव गरेको ५५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । कम्पनीको छैटौँ वार्षिक साधारणसभाले करसहितको दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै साधारणसभाले आव २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको जनाएको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आव २०७८/०७९ मा १२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३९ पैसा कायम भएको बताए । सञ्चालनमा रहेका मर्चेन्ट बैंकमध्ये खुद मुनाफाका आधारमा एनआइसी क्यापिटलले पहिलो स्थान हासिल गर्न सफल भएको उनको भनाइ थियो ।

उनले क्यापिटल स्थापना भएको पाँच वर्ष चार महिनाको छोटो अवधिमै हाल सञ्चालनमा रहेका ३० वटा मर्चेन्ट बैंकमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फन्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित पाँचवटा योजना सञ्चालन गरी म्युचुअल फन्डको संख्या तथा व्यवस्थापन गरेको रकमका आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत पाँच सय ७३ जना ग्राहकबाट एक अर्ब ६७ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी तेस्रो स्थान हासिल गर्न सफल भएको दाबी गरे ।

क्यापिटलले सञ्चालनमा आएको पाँच वर्ष चार महिनाको अवधिमै आफ्ना सेयरधनीलाई एक सय ४१ प्रतिशतभन्दा बढी रिटर्न वितरण गर्न सफल भएको उनले बताए ।

ad
ad