१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी टोकियो
२o८१ बैशाख ३१ सोमबार २३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

कोरोनाले ३४३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, टोकियो
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २३:१९:oo

जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ।  

अघिल्लो दिन ३२७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । 

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दुई लाख आठ हजार पाँच सय ५१ जना संक्रमित भएका हुन् । कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै गएकाले सरकारले फेरि कतिपय गतिविधिहरूमा कडाइ गर्न लागेको छ । 

मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।
- रासस/सिन्ह्वा
 

ad
ad