मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ ६ सोमबार १७:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

६५८ थपिए कोभिड - १९ संक्रमित

Read Time : < 1 मिनेट
२०७९ भदौ ६ सोमबार १७:४५:००

 

कोरोना भाइरसबाट आज छ सय ५८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या चार हजार दुई सय ९६ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ५६ जना घर फर्किएका छन् । यस अवधिमा एकजना संक्रमितको निधन भएको छ ।

अहिलेसम्म ११ हजार नौ सय ९३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भइसकेको छ । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर तथा संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु र डोल्पा रहेका छन् । हाल होम आइसोलेसनमा चार हजार एक सय ३४, संस्थागत आइसोलेसनमा एक सय ६२, सघन उपचार कक्ष (आइसियू)मा ५० र भेन्टिलेटरमा एकजनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३८ हजार १५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।