१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ६ सोमबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभामा प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार १३:५o:oo

प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले गिरिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो।

स्वर्गीय गिरि नेपाली कांग्रेस पार्टीबाट ०५१ सालको प्रतिनिधिसभामा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित सदस्य, ०६२/६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, ०६४ र ०७० सालमा संविधानसभा सदस्य थिए भने ०७४ सालको प्रतिनिधिसभामा सिराहाको क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य थिए।

नेता गिरिको गत शनिबार राति साढे ९ बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मंगलबार बिहान १० बजे बस्ने गरी बोलाइएको छ।