१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
भोटखोला–४ को गोलाबजार । यो बजारनजिकै अपर अरुण आयोजनाको बाँधस्थल निर्माण हुने भएको छ । तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अपर अरुण निर्माणका लागि जग्गा अधिग्रहणको तयारी

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३o:oo

अपर अरुण जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने भोटखोला गाउँपालिकाका जग्गा जिल्ला प्रशासन कार्यालयले अधिग्रहण गर्ने भएको छ । जिल्ला प्रशासनले भोटखोला गाउँपालिका वडा नम्बर २, ४ र ५ साबिक चेपुवा, हटिया र पावाखोला गाविसका जग्गा अधिग्रहण गर्ने सूचना जारी गरेको हो ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको गएको बिहीबारको बैठकले सात लाख देखि १५ लाख रुपैयाँसम्म प्रतिरोपनी मूल्य निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । कोसी राजमार्गसँग जोडिएको बस्तीमा रहेको जग्गा हटिया–६ का जग्गा प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा कायम गरेको छ । कोसी राजमार्ग जोडिएका बस्ती नभएका जग्गा हटिया–६ को प्रतिरोपनी १० लाख रुपैयाँ, हटिया ८, ९ र चेपुवा–१ का अलैँची बालीसहितका जग्गा नौ लाख ५० हजार रुपैयाँ र अलैँची बाली नभएको पाखाबारी चेपुवा–१, हटिया ८ र ९, पावाखोला–३ का जग्गाको सात लाख रुपैयाँ मूल्य कायम गरिएको छ । जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था रहेको छ ।

१०६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढेको छ । अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको हो । जलविद्युत् आयोजनाका लागि भोटखोला गाउँपालिकामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिँदै छ । आयोजना निर्माणको कार्य दुई वर्षपछि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नम्बर २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्बभन्दा बढी हुने जनाइएको छ ।

अपर अरुण स्थानीयहरूले बनाउन पाउनुपर्ने माग गर्दै संखुवासभाका बासिन्दाले हस्ताक्षर अभियान र विभिन्न समयमा सभा–गोष्ठीसमेत सञ्चालन गरेका थिए । अपर अरुणको बाँधस्थल भोटखोला–४ गोलाबजारनजिकै रहनेछ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्ने भएको छ ।

ad
ad