१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकका अध्यक्षको शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१o:oo

नेपाल बैंकका नवनियुक्त सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीले शपथग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शपथग्रहणपछि गभर्नर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ सबल बैंक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पछिल्ला वर्षहरूमा नेपाल बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको र आगामी दिनमा समेत बैंकले राष्ट्र बैंकको निर्देशनको पालना, संस्थागत सुशासनमा सुधार तथा समग्र वित्तीय क्षेत्रको स्थायित्व कायम गर्नमा थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरेका थिए । साथै, उनले पुराना खराब कर्जाहरूको व्यवस्थापनमा विशेष ध्यान दिनसमेत बैंकलाई सुझाव दिए ।

 नवनियुक्त अध्यक्ष ज्ञवालीले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरेका थिए । बैंकको व्यावसायिक विकास तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउन आफूले सक्दो योगदान गर्ने उनको भनाइ थियो । कार्यक्रममा नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको पछिल्लो वित्तीय अवस्थाको संक्षिप्त विवरण तथा पुराना खराब कर्जा असुलीका लागि बैंकले गरेका प्रयासको जानकारी गराएका थिए । 
 

ad
ad