१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १ मंगलबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी उद्योगमा फरार कठायत पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:१२:oo

आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायत प्रक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो ।

साबिक रामेछाप नगरपालिका– १ गोठगाउँ घर भएका कठायत केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी  थिइन् । 

बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिए । पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइने उनले बताए । 
    

ad
ad