१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ श्रावण ३१ मंगलबार १८:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा.भट्टराईले भने– नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ श्रावण ३१ मंगलबार १८:१२:००

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन्।

उनले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बताए। पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेन्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उल्लेख उनको भनाइ थियो।

‘तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ। हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ। नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र-बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यहीअनुसार चुनाव लड्छौँ,’ डा.भट्टराईले भने।