मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केयुकेएलका सिनियर प्लम्बर घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १३:३४:००

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महाँकाल चौर शाखामा कार्यरत  सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् । 

खुलाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको पाँच हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका– ६ महाकाँलचौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयबाटै पक्राउ परेका हुन् । 

अख्तियारका अनुसार आवश्यक प्रक्रिया पूरा गरिसक्दा पनि धारा जडान गर्न आनाकानी गरी पाँच–६ हजार रुपैयाँ दिए मात्र जडान गरिदिने भन्दै घुस मागेको सूचना सेवाग्राहीले दिएका थिए । सोही सूचनाको आधारमा परिचालित हुँदा खुलाल घुस रकमसहित पक्राउ परेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । 
झापाको गौरीगन्ज गाउँपालिका– ५ ठेकीटोल स्थायी घर भएका ५० वर्षीय खुलाल हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ११ कपनटार बस्दै आएका छन् । 
खुलालले ०५९ भदौ १ गते सिनियर प्लम्बरका रूपमा सेवा सुरु गरेका थिए । सेवा प्रवेश गरेको २० वर्ष हुन एक दिनअघि खुलाल पक्राउ परेका हुन् ।