१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मनीष खड्का रुकुम पूर्व
२o८१ बैशाख ३० आइतबार २o:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरी भ्यान दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पूर्व
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२५:oo

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी सवार प्रहरी भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला सदमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयको लु १ झ ६६० नम्बरको भ्यान तल्लोसेरा गाउँनजिकै शनिबार बिहान करिब १०ः४५ बजे दुर्घटनामा परेको थियो । 

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा कार्यरत रोल्पाको परिवर्तन गाउँपालिका २ का २९ वर्षीय प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए । उनलाई कोहलपुर मेडिकल कलेजका डाक्टरले मृत घोषणा गरेका हुन् । 

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका डिएसपी रवीन्द्र श्रेष्ठसहित पाँचजना घाइते भएका छन् । दुर्घटनामा परी घाइते हुनेहरूमा गाडीचालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्ती रहेको प्रहरी निरीक्षक खत्रीले बताए । घाइते सबैलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ । उनीहरू सबैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । सुर्खेतबाट मगाइएको नेपाली सेनाको हेलिकोप्टरद्वारा दुईपटक गरी छजनालाई नेपालगन्ज लगिएको थियो । 

गाडी सडकबाट करिब १ सय मिटर तल खसेको छ । घटनाको कारण भने खुल्न सकेको छैन् । प्रमुख जिल्ला अधिकारीसहितको टोली अनुगमनका लागि तकसेरातर्फ गएको थियो । 

ad
ad