
कोरोना संक्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झन्डै आठ महिनापछि एकजनामा संक्रमण देखिएको छ । लामो समयदेखि कोरोना संक्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
उपचारका लागि जिल्ला अस्पताल आएका सिमकोट गाउँपालिका–५ का ५० वर्षीय एक पुरुषमा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । संक्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । रासस