१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यस वर्षको हेल्थ अवार्ड कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:४o:oo

यस वर्षको स्वास्थ्य खबर हेल्थ अवार्ड कोभिडको समयमा अग्रस्थानमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई प्रदान गरिने भएको छ। स्वास्थ्य क्षेत्रमा विशिष्ट सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूको योगदानको पहिचान र सम्मान गर्ने उद्देश्यका साथ वार्षिक रूपमा अवार्ड वितरण हुँदै आएको छ।

आयोजक स्वास्थ्य खबर पत्रिकाका अनुसार कोभिडको समयमा खटिएका सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा विभिन्न तह र तप्कामा रही सेवा पुर्‍याएका स्वास्थ्यकर्मीलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो।कोभिड महामारीको समयमा समेत जोखिम उठाएर बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ।

कोभिडको समयमा बिरामीको उपचारमा संलग्न रहँदारहँदै जीवन गुमाएका देशैभरका स्वास्थ्यकर्मीहरूलाई विशिष्ट सेवा सम्मानले सम्मानित गरिनेछ। यस्तो सम्मान मृतक स्वास्थ्यकर्मीको परिवारका सदस्यलाई हस्तान्तरण गरिनेछ। यही भदाै १७ गते काठमाडौंमा एक विशेष समारोहबीच अवार्ड वितरण कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

ad
ad