खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ ।
मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । ‘भूकम्पको केन्द्र मात्तिमविर्ता मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण संकलन भएको छ,’, उनले भने, ‘अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ । अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुन सकेको छैन ।’
सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । सो नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको छ । वडा नम्बर ९ सल्लेका ध्रुवप्रसाद पौडेलको घरमा बस्न नमिल्ने गरी क्षतिभएको वडा नम्बर ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइले बताए । ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ,’ उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लाबासी त्रसित बनेका छन् । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनबढी पराकम्प गएको महसुस गरिएको छ । पटक–पटक पराकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन् ।
खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो
१७ सहसचिवको सरुवा, काे कहाँ ? [सूचीसहित]
४ हप्ता अघि
सुझावित समाचार
बारामा तीन सवारीसाधन ठोक्किँदा १० जना घाइते
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ मा डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एक–आपसमा ठोक्किँद…
राष्ट्रिय निर्देशन ऐन पालना नगरेको भन्दै गृह मन्त्रालयले गर्यो एनप्याब्सनलाई निलम्बन
काठमाडौ‌ं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लाग…
बिचौलियाको सञ्जालको जरासम्म पुगेर छानबिन गर्न सरकारसँग रञ्जु दर्शनाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले बिचौलियाहरूको सञ्जालको निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कानु…
बैंककमा ऊर्जामन्त्रीको सम्बोधन- हिमाल जोगाउन विश्वले सहकार्य गरोस्
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका संकट कुनै एक देश…
राज्यका संवेदनशील अंगमा देखिएका विकृति अन्त्य नगरी सुशासन सम्भव छैन : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालत, प्रहरी, सेनालगायत राज्यका संवेदनशील अंगहरू नै आचरण र नैतिकतासम्बन्धी …
जंगलको बिचमा ट्री–हाउस : पर्यटकका लागि नयाँ गन्तव्य
बर्दिया । कोलाहलबाट टाढा एकान्तमा रमाउन चाहनेहरूका लागि ट्री–हाउस आकर्षक गन्तव्य बनेको छ। सामुदायिक वनको बिचमा निर्माण ग…