१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिमाका जनप्रतिनिधिको योजना : पाँच वर्षमा साढे दुई लाख बिरुवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:१९:oo

जुम्लाको हिमा गाउँपालिका जनप्रतिनिधिले पाँचवर्षे कार्यकालमा साढे दुई लाख बिरुवा रोप्ने योजना बनाएका छन् । दोस्रो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हिमाका जनप्रतिनिधिले पहिलो वर्षको नीति तथा कार्यक्रममा सडक र नदी हरियाली बनाउने उद्देश्यका साथ बिरुवा रोप्ने योजना अघि बढाएका हुन् । कर्णाली राजमार्गअन्तर्गत मुगुको राराताल जाने नाग्म गमगढी सडक हिमा नदीको तिरैतिरमा पर्दछ । पाँचवर्षे कार्यकालमा यही सडक र नदीलाई हरियाली बनाउने योजना बनाएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने ‘कार्यकालको पहिलो वर्ष यो योजना सफल पार्न पालिकाले हरेक वर्ष ५० हजार बिरुवा रोप्ने योजना बनाएको छ ।’

आफ्नो योजनाअनुसार बिरुवा रोपिरहेको गाउँपालिका अध्यक्ष शाहीले बताए । हेर्दा सामान्य लाग्ने यो योजनाले हिमालाई कर्णालीकै सुन्दर पालिका बनाएरै छोड्छौँ, ’ उनले भने,’ हरेक वर्ष ५० हजारवटा बिरुवा रोप्ने योजनाअनुसार यतिवेला काम भइरहेको छ। ’उनका अनुसार देश संघीयतामा आएपछि स्थानीय तहको विकास निर्माणका काममा प्रयोग गरेका डोजरले उजाडिएको पाखापखेरा वातावरणीय प्रभाव मूल्यांकन नगरी कुरूप भएका छन् । त्यसमाथि बाढी, पहिरोले जोखिम बढाउँदै गएको छ ।

उनले भने ‘यहाँका हिमा, पातारासी, तिला र तातोपानी गाउँपालिका बाढी पहिरो र भू–क्षयको उच्च जोखिममा पर्छन् । जलवायु परिवर्तनले पानीका मुहान सुक्दै गएका छन् । अन्नबाली उत्पादन घट्दै गएको छ ।’तर, वातावरण संरक्षणमा स्थानीय सरकारको प्राथमिकता छैन् । त्यसैले हिमाले बिरुवा रोपेर सडक र नदीलाई हरियाली बनाउने योजना बनाएको छ । यो योजनाले नदी र सडक मात्रै  नभएर नांगा डाँडापाखा समेत हराभरा बनाउने अभियान रहेको अध्यक्ष शाहीले बताए । ‘अभियान अन्तर्गतको तलिकुडीस्थित मष्टमाटु पाखा र वडा नं. ५ को भुगाल पाटामा झण्डै ३ सय बिरुवा रोपिएको छ,’ उनले भने, ’प्रत्येक वर्षको साउन महिनामा पालिका भरिका नाङ्गा डाँडापाखा तथा नदीको तटीय क्षेत्रमा बिरुवा रोपिने छ ।’पञ्चवर्षीय योजना अन्तर्गत हिमालाई हरियाली र जलवायु अनूकुल पालिका बनाउने अभियान अन्तरर्गत हरेक वर्षको साउन महिनाभरि वृक्षरोपण अघि बढाइने छ।

जलवायु अनुकूलन, बाढीपहिरो, भूक्षय नियन्त्रण, वातावरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साढे दुई लाख बिरुवा रोपिनेछ । सल्लो, देवद्यार, किमु, ओखर, पिपल र बैंसका बिरुवा रोपिएका छन् । भू–तथा जलाधार व्यवस्थापन कार्यालयका जुम्लाका प्रमुख शेखर चापागईंले प्राकृतिकजन्य विपद् रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षरोपण कार्य प्रसंसनीय रहेको बताए ।‘जुम्लाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका छन् । डोजरे विकासले वातावरण कुरुप बनेको छ,’ उनले भने, ’वृक्षरोपणले वातावरण संरक्षणसँगै सुन्दरता कायम र विपद् न्यूनीकरण गर्न मद्दत पुग्छ ।’

ad
ad