१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्ड र इयूका राजदूत डिप्रेजबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५o:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि युरोपेली युनियन (इयू)का राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा शान्ति प्रक्रियालगायतका समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

भेटमा राजदूत डिप्रेजले नेपालको शान्तिप्रक्रिया सकारात्मक दिशामा अघि बढेको भन्दै शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा इयू साथमा रहेको उल्लेख गरेकी थिइन्। अध्यक्ष प्रचण्डले साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै नेपालको शान्ति र विकासका लागि इयूको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए।

ad
ad