१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रेशम चौधरीको रिहाइको माग गर्दै सांसद ढकालले भनिन्– राजनीतिक मुद्दामा फसाएर बन्दी बनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५५:oo

प्रतिनिधिसभा सदस्य नरमाया ढकालले रेशमलाल चौधरीको रिहाइका लागि सरकारको ध्यानाकर्षण गराएकी छिन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले निर्दोष व्यक्तिलाई षड्यन्त्रबाट जेलमा सडाउन नहुने भन्दै रिहाइको माग गरेकी हुन्।

थारू जातिको अधिकार रक्षाका लागि लडिरहेको नेतालाई राजनीतिक मुद्दामा फसाएर बन्दी बनाइएको भन्दै उनले जनताको भारी मतले चुनिएका चौधरीले सदनमा जनताको आवाज व्यक्त गर्न नपाई संसद्को कार्यकाल सकिन लागेकोमा चिन्ता व्यक्त गरिन्। उनले भनिन्, ‘थारू जातिको हकहित र अधिकारको रक्षाका लागि लडिरहेको एउटा नेतालाई जेलमा नै बन्दी बनाएर राखिएको छ। सबैजसो पार्टीका प्रमुख नेताहरू रेशम चौधरी निर्दोष छन् भनेर बर्दिया र कैलालीतिर जाँदा सार्वजनिक रूपमा नै भन्ने गर्दछन्।’

सीमित व्यक्तिको राजनीतिक फाइदाका लागि राज्यका संयन्त्रहरू प्रयोग गरेर एक नेतालाई अन्यायमा पार्नु त्यस क्षेत्रका जनतालाई नै अन्याय गरेको हुने भन्दै सांसद ढकालले चौधरीको रिहाइको माग गरिन्।

ad
ad