१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध रूपमा सालका रूख काटेको आरोपमा सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४५:oo

मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रूपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका– १४ ड्राइभरडाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सातजनालाई पक्राउ गरिएको हो । 

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाएको छ । 

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरूमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनले पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको राेहवरमा छाडिएको बताए ।  उक्त घटनाको  अनुसन्धान भइरहेकाले  पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । रासस 

ad
ad