१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Friday, 09 May, 2025
कञ्चनपुरको गड्डाचौकी नाका भएर भारत जाँदै नेपाली । तस्बिर : मोहन विष्ट/नयाँ पत्रिका
मोहन विष्ट कञ्चनपुर
२o७९ श्रावण ११ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोपाइँ सकेर रोजगारीका लागि भारततर्फ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार १o:४१:oo

स्थानीय निर्वाचनका लागि घर आएका बेलडाँडी गाउँपालिका–१, झर्नासागरका दीपकराज जोशी रोजगारीका लागि भारतमै फर्किएका छन् । भारतको दिल्ली होटेलमा काम गर्दै आएका जोशी निर्वाचनका लागि घर आए पनि बर्खे खेतीको सिजनमा रोपाइँ सकेर भारत फर्किएका छन् । तीनवटै सरकारले युवाका रोजगारीमुखी कार्यक्रम नल्याउँदा बाध्य भएर भारत जानुपरेको उनले दुखेसो पोखे ।

यस्तै, कृष्णपुर नगरपालिका–१, पहरियाका मदन भट्ट पनि खेतीपाती सकिएलगत्तै भारत फर्किएका छन् । उनले भने, ‘हामीजस्तालाई रोजगारीको अवसर छैन, कुनै जागिर खुले नेताहरूले आफन्तलाई मात्रै राख्छन्, घरमै बस्दा उल्टै ऋणमा परिने डर भएकाले केही दुई पैसा कमाउन भारत जान लागेको छु ।’ वैशाख, जेठ र असारको तुलनामा साउन पहिलो सातादेखि गड्डाचौकी नाका भएर भारत जानेको संख्या दिन–प्रतिदिन बढिरहेको छ । 

यसअघि दैनिक ३०–५० जना मात्रै भारत जाने गरे पनि अहिले दैनिक डेढ सयको हाराहारीमा भारत पसिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । मंगलबार मात्रै एक दिन एक सय ७० जना नेपाली भारत गएका छन् भने भारतबाट एक सय ६० आएका छन् ।