१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या, तीन तलामाथिबाट हाम हानेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२२:oo

चितवनको भरतपुरमा श्रीमानले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका– १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीया रुष्मा आचार्य घिमिरेलाई आइतबार राति  १०:२५  बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

श्रीमतीको हत्या गरेर तीन तलामाथिबाटै हाम फालेर भाग्न खोज्दा श्रीमान् कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । कृष्णप्रसादले आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारका लागि रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राति नै १०:४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताए । तीन तलाबाट हाम फाल्दा घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो ।

ad
ad