१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
बस दुर्घटनाका घाइतेलाई युनाइटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि लगिँदै । तस्बिर : नारायण न्याैपाने/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाल्पाको लघुवा दुर्घटनामा ६ को मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३७:oo

पाल्पाको लघुवा दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आज अपराह्न ४ बजेतिर बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–३ स्थित लघुवामा दुर्घटना भएको हो । 
जिल्ला प्रहरी कार्यालयले तानसेन–रिडी–तम्घास सडकखण्डको तोसडाँडा ढिकबाट यात्रुसहितको बस खसेर दुर्घटनाग्रस्त भएको जनाएको छ । 
स्थानीय प्रत्यक्षदर्शी रन्जीवकुमार कुँवरले दुर्घटनामा घाइते भएका १७ जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जानकारी दिए । दुर्घटनामा बाग्लुङ, गुल्मी र रुपन्देहीका यात्रु परेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ । 
 

ad
ad