१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलालीमा लागुऔषधसहित चार युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o५:oo

कैलालीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन् । भजनी नगरपालिकाबाट लागुऔषध खैरो हिरोइनसहित तीनजना र टीकापुर नगरपालिकाबाट लागुऔषध नाइट्राभेटसहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
    
भजनीमा पाँच ग्राम ४७० मिलिग्राम लागुऔैषधसहित स्थानीय २१ वर्षीय अमित रावल, २३ वर्षीय बुटा सिंह र टीकापुर घर भएका ३१ वर्षीय जीवन शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले जानकारी दिए । लागुऔषधको सेवन र कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
    
त्यस्तै टीकापुरको खक्रौला नाकाबाट १८ ट्याब्लेट नाइट्राभेटसहित लम्की–चुहा नगरपालिकाका शिशिर साउँदलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । प्रहरीले सोमबार मात्र लागुऔषधको प्रयोग र कारोबारमा संलग्न तीन युवालाई मसुरियाबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले ३५ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । 

कैलालीमा पछिल्लो समय युवाहरू लागुऔषधको कुलतमा फस्ने क्रम बढेको छ । खुला सीमानाका कारण लागुऔषध भारतबाट आयात हुने गरेकाले प्रहरीलाई नियन्त्रणमा चुनौती छ । 
 

ad
ad