संखुवासभाको खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटारमा स्कारपियाेले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु भएकाे छ। शनिबार ११ बजे भएको दुर्घटनामा परी बालिकाको ज्यान गएको हो।
तुम्लिङटार विमानस्थल जाने ट्राफिक चोक नजिकै बा २० च ९५०२ नम्बरको महेन्द्र स्कारपियोले पैदल यात्री भोजपुरको षडानन्द–५ की भूमिका विष्टकी छोरी मनीषा विष्टलाई बाटो काट्ने क्रममा ठक्कर दिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकी बालिकाको उपचार क्रममा मनकामना अस्पतालमा ज्यान गएको हाे।
बालिकाकाे टाउको तथा बायाँ हातमा चोट लागि गम्भीर घाइते भएकी उनको उपचारकाे क्रममा मृत्यु भएको हो। उक्त सवारीचालक गोविन्द श्रेष्ठ र गाडी प्रहरी नियन्त्रणमा रहेको जनाएको छ।