१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ जेठ १ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारलाई ओलीको प्रश्न : वृद्धभत्तालाई ७० बाट ६८ बनाउनुको इज दियर एनी लजिक ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४१:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदै छ भनेर सरकारले वृद्धभत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्। शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्धभत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए।

‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनी लजिक ? चुनाव आउँदै छ भन्नेबाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊँ। अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन। हामीले कृषिको उत्पादन कसरी बढाउने, त्यस सन्दर्भमा उद्योगलाई कसरी बढावा दिने ?’ ओलीले भने, ‘आठवटा त हामीले विशेष खालका औद्योगिक क्षेत्र तयार गर्‍यौँ। त्यसमा सुविधाका कुराहरू अगाडि बढायौँ। र, औद्योगिक क्षेत्रलाई कसरी बढावा दिने, प्राइभेटाइजेसनका नाममा भएका उद्योग बेचेर खाने नीति हामीले लिएनौँ।’
 

ad
ad